ताजा समाचार लोड हुँदैछ...

उभौली साकेलामा यलम्बरको सालिक अनावरण

२०२६ मे ७ पटक पढिएको

अम सम्बन्धी विस्तृत समाचार।

Featured

भद्रपुर २४, वैशाख / येले सम्बत् ५०८६ तथा विक्रम सम्वत् २०८३ सालको किरात राई समुदायको महान चाड साकेला उभौली संयुक्त धार्मिकस्थल पृथ्वीनगर कमलधापमा धुमधामसँग मनाइएको छ।
संस्थागत रूपमा एक महिनासम्म मनाउने निर्णय अनुसार,किरात राई यायोक्खा भद्रपुर १ देखि ४ संयुक्त वडा समितिको आयोजनामा हिजो कमलधापमा मनाइएको हो।
समितिका अध्यक्ष वीरबहादुर राईको अध्यक्षतामा प्रमुख अतिथि किरात राई यायोक्खा झापाका अध्यक्ष गणेश राईले उद्घाटन गर्नुभएको कार्यक्रममा भद्रपुर, चन्द्रगढी, हल्दिबारी, बनियानी र पृथ्वीनगर लगायत १५ वटा साकेला नृत्य टोलीले नृत्य प्रस्तुत गरेका थिए। सोही अवसरमा समितिले निर्माण गरेको प्रथम किराँती राजा यलम्बरको शालिक सहयोगी दाता झापा उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष तथा निर्माण व्यवसायी राजकुमार राई र प्रमुख अतिथि गणेश राईले अनावरण गर्नुभएको थियो। प्रमुख अतिथि गणेश राई ,विशिष्ट अतिथि प्राध्यापक डाक्टर पृथ्वीविक्रम राई, किरात मुन्धुम अध्ययन केन्द्र झापाका अध्यक्ष रमेश राई, विशेष अतिथि झापा उद्योग वाणिज्य संघका उपाध्यक्ष राजकुमार राई, यायोख्खा जिल्ला सल्लाहकार समर राई र यायोक्खा पूर्व जिल्ला उपाध्यक्ष निरबहादुर पुमा राई लगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रममा प्रथम किरात राजा यलम्बरको मूर्ति निर्माणमा सहयोगी दाताहरु राजकुमार राई लगायत माङपा साकेला नृत्य टोलीका सिली माङपाहरूलाई सम्मान गरिएको थियो भने विजय राईले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सन्देश राईले गर्नुभएको थियो।

Article image

साझा गर्नुहोस्: