ताजा समाचार लोड हुँदैछ...

चर्च ब्वाइज पराजित, एपीएफ क्लब फाइनलमा

२०२६ अप्रिल २९ पटक पढिएको

भद्रपुर १२, बैशाख / चर्च ब्वाइज युनाइटेडलाई ३–० गोल अन्तरले हराउँदै विभागीय क्लब सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लब भद्रपुरमा जारी ओम साई पाथिभरा चन्द्रगढी महिला गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। आजको सेमिफाइनल खेलमा जित दर्ता गरेसँगै एपीएफले फाइनलमा

Featured

भद्रपुर १२, बैशाख / चर्च ब्वाइज युनाइटेडलाई ३–० गोल अन्तरले हराउँदै विभागीय क्लब सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लब भद्रपुरमा जारी ओम साई पाथिभरा चन्द्रगढी महिला गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । आजको सेमिफाइनल खेलमा जित दर्ता गरेसँगै एपीएफले फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लब सँगको भेट पक्का गरेको छ। शनिबार भएको दोस्रो सेमीफाइनल खेलको ३४ औँ मिनेटमा एपिएफले अग्रता लियो । कुसुम खतिवडाले दिएको क्रस पासले कप्तान अनिता बस्नेतलाई टच हुँदै मैदानमा होल्ड भएको बललाई रश्मिकुमारी घिसिङले गोल गरिन् ।
पहिलो हाफमा १–० ले अगाडि रहेको एपिएफले दोस्रो हाफमा २ गोल थप्यो । खेलको ४९ औँ मिनेटमा कप्तान अनिता बस्नेतले एपिएफको अग्रता दोब्बर बनाइन् । । रश्मिकुमारी घिसिङको पासमा बस्नेतले थप गोल गरेकी थिइन् ।

एपिएफको लागि तेस्रो गोल रश्मिको नाममा रह्यो । ६२ औँ मिनेटमा कप्तान अनिता बस्नेतले मैदानको मध्यभागमा मिलाइदिएको पासलाई घिसिङले गोल गर्दै एपिएफको जित सुनिश्चित गरिन् । जारी प्रतियोगितामा उनको यो छैटौँ गोल हो । उनी सर्वाधिक गोलकर्ताको सूचीको पहिलो नम्बरमा छिन् ।
खेल अवधिभर एपिएफले आक्रमक तथा चर्च ब्वाइजले रक्षात्मक खेल प्रस्तुत गरेका थिए । खेलको प्लेयर अफ द म्याच विजेता टिम एपिएफकी रेनुका नगरकोटी भइन् । उनले नगद ११ हजार रुपैयाँ पुरस्कार पाइन् ।

साझा गर्नुहोस्: