ताजा समाचार लोड हुँदैछ...

भद्रपुरमा आयोजना हुने ” टूर दि भद्रपुर २०८३ को सम्पूर्ण तयारी पुरा

२०२६ मे ४ पटक पढिएको

भद्रपुरमा आयोजना हुने ” टूर दि भद्रपुर २०८३ को सम्पूर्ण तयारी पुरा सम्बन्धी विस्तृत समाचार।

Featured

भद्रपुर १२, बैशाख / साइकल संस्कृतिको प्रवद्र्धनमा निरन्तर क्रियाशील भद्रपुर साइकल समाजले भद्रपुर नगरपालिका वडा नं ५ सँगको सहकार्यमा आयोजना गरेको टुर दि भद्रपुर साइकल यात्रा २०८३ को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।आयोजक साइकल समाज र ५ नम्बर वडा कार्यालय भद्रपुरले संयुक्त रूपमा आज आयोजना गरेको सर्वपक्षीय अन्तरक्रियात्मक भेला तथा पत्रकार सम्मेलनमा तयारी पूरा भएको जानकारी गराइएको हो ।

भद्रपुर नगरपालिकाको सभाहलमा आयोजित सो कार्यक्रममा झापाको सदरमुकाम भद्रपुर नगरपालिका, छिमेकी पालिकाहरु कचनकवल र हल्दिबारीका पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण विभिन्न पुरातात्विक धार्मिकस्थल, पर्यटकीयस्थल एवम् वन तथा सिमसार क्षेत्र समेटिने गरी रुट तयार गरिएको जानकारी दिइयो। बैशाख १८ गते भद्रपुर नगरपालिका कार्यालय परिसरबाट सुरु हुने साइकल यात्राका क्रममा भद्रपुरको पुरातात्विक ऐतिहासिक धार्मिकस्थल कीचकबध, कमलधाम संयुक्त धार्मिकस्थल, भद्रपुरको दक्षिणी क्षेत्रका सिमसार क्षेत्र हुँदै नेपालकै सबैभन्दा होचो स्थान कचनकवल गाउँपालिकाको कचनकवलस्तम्भ, दुर्गाभिट्टा सामुदायिक वन, जैविक विविधताले भरिपूर्ण जलथल जंगल हुँदै हल्दिबारीको पाथीभरा-कालिका सामुदायिक वन, पाथीभरा सिंहकाली धार्मिक तथा पर्यटकीय क्षेत्र, भेलागुडी सिमसार, झोलुंगे पुल, कलवलगुरी प्रादेशिक, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान हुँदै अपरान्ह चन्द्रगढीको महेन्द्र पार्कमा पुग्दा लगभग ६७ किलोमिटर बढीको यात्रा सकिने र साँझमा भद्रपुर–८ स्थित होटल डे–ग्लोमा सांस्कृतिक प्रस्तुतिका साथ कार्यक्रम समापन गरिने पनि अध्यक्ष श्रेष्ठले जानकारी दिनु भयो ।

साइकलयात्रामा सहभागिताका लागि नेपालका विभिन्न ठाउँ मात्र नभई भारत र भूटानबाट समेत साइकल राइडरहरुले चासो देखाएर नाम दर्ता गराएको पनि अध्यक्ष श्रेष्ठले जानकारी दिनु भयोए। उहाँका अनुसार यात्रामा २०० जना दर्तावाला राइडर र अन्य गरी करिब ३०० जना सहभागी हुने अपेक्षा गरिएको छ।

भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा स्वस्थ तथा प्रदूषणमुक्त समाज निर्माण, आन्तरिक पर्यटन प्रवद्र्धन एवम् नेपालको सबैभन्दा पुरानो नगरपालिकामध्येको एक भद्रपुर नगरपालिकाको पहिचान थप उजागर गर्ने उद्देश्यले टुर दि भद्रपुर आयोजना गरिएको जानकारी गराइएको थियो।

साझा गर्नुहोस्: