ताजा समाचार लोड हुँदैछ...

प्रेस क्लब भद्रपुर हाजिरी जवाफमा प्रथम

२०२६ मे ३० पटक पढिएको

नेपाल पत्रकार महासंघ झापा शाखाले आज दमकमा आयाेजना गरेकाे पत्रकारिता : हाजिरी जवाफ प्रतियोगितामा प्रेस क्लव भद्रपुरले प्रथम स्थान हासिल गरेकाे छ। दमक नगरपालिकाको सहकार्यमा " ज्ञान संवाद र सहकार्यको साझा मञ्च " भन्ने मूल मान्यतालाई आत्मसात गर्दै झापाका

Featured

भद्रपुर १६, जेठ / नेपाल पत्रकार महासंघ झापा शाखाले आज दमकमा आयाेजना गरेकाे पत्रकारिता : हाजिरी जवाफ प्रतियोगितामा प्रेस क्लव भद्रपुरले प्रथम स्थान हासिल गरेकाे छ । दमक नगरपालिकाको सहकार्यमा " ज्ञान संवाद र सहकार्यको साझा मञ्च " भन्ने मूल मान्यतालाई आत्मसात गर्दै झापाका पत्रकार सम्बद्ध संगठनबीच सम्पन्न " पत्रकारिता हाजिरी जवाफ प्रतियोगिता" मा प्रेस क्लब भद्रपुरले प्रथम स्थान हासिल गर्दै नगद ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार सहित प्रमाणपत्र प्राप्त गरेको छ।
पत्रकारजन्य ११ वटा सङ्घ संगठन सहभागी भएको हाजिरी जवाफ प्रतियोगिता दोस्रो अर्जुनधारा प्रेस क्लब र तेस्रो प्रेस युनियन झापा भएका थिए। उनीहरूले क्रमश: ७ हजार ७ सय ७७ र ५ हजार ५ सय ५५ नगद सहित प्रमाणपत्र पाए।
दमक नगरपालिकाका प्रमुख रामकुमार थापाको प्रमुख आतिथ्य र नेपाल पत्रकार महासङ्घ झापा शाखाका अध्यक्ष एकराज गिरीको सभापतित्वमा भएको कार्यक्रममा सहभागी सबै टोलीलाई २ हजार २ सय २२ रूपैया नगदसहित प्रमाणपत्र वितरण गरिएको थियो।

साझा गर्नुहोस्: