ताजा समाचार लोड हुँदैछ...

भद्रपुरमा महिला प्रजनन स्वास्थ्य र अधिकार विषयक छलफल कार्यक्रम सम्पन्न

२०२६ मे २६ पटक पढिएको

भद्रपुरमा महिला प्रजनन स्वास्थ्य र अधिकार विषयक छलफल कार्यक्रम सम्पन्न भद्रपुर। महिला कानुन तथा विकास मञ्चको आयोजनामा महिला प्रजनन स्वास्थ्य तथा अधिकार सम्बन्धी सचेतनामूलक छलफल कार्यक्रम सम्पन्न भएको छ।

Featured

भद्रपुर ,१२ जेठ / महिला कानुन र विकास मञ्चको आयोजनामा महिला प्रजनन स्वास्थ्य तथा अधिकार सम्बन्धी सचेतनामूलक छलफल कार्यक्रम सम्पन्न भएको छ । झापाको भद्रपुरमा मंगलबार भएको कार्यक्रममा महिला प्रजनन स्वास्थ्य र अधिकारका विविध पक्षबारे सहभागीहरूलाई जानकारी तथा सचेतना प्रदान गरिएको थियो ।

कार्यक्रममा महिला कानुन तथा विकास मञ्चका फोकल पर्सन अधिवक्ता चन्द्रमाया श्रेष्ठले सहजीकरण गर्दै सुरक्षित मातृत्वको अधिकार, गर्भपतनको अधिकार तथा परिवार नियोजनको अधिकारका विषयमा विस्तृत जानकारी गराउनुभएको थियो । उहाँले महिलाका प्रजनन अधिकार हनन भएमा प्रचलित कानुनले व्यवस्था गरेका दण्ड तथा सजाय सम्बन्धी कानुनी प्रावधानबारे पनि सहभागीहरूलाई अवगत गराउनुभएको थियो ।
भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्कीको उपस्थितिमा सम्पन्न भएको कार्यक्रममा भद्रपुर नगरपालिका न्यायिक शाखा प्रमुख राजेन्द्र ढकाल, महिला तथा सामाजिक विकास शाखा प्रमुख जीवनकला राउत, सामाजिक कार्यकर्ता शर्मिला अधिकारी लगायतले महिला अधिकार, स्वास्थ्य सचेतना तथा कानुनी संरक्षणका विषयमा मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा सहभागीहरूले महिला स्वास्थ्य तथा अधिकार सम्बन्धी जानकारी समुदायस्तरसम्म पुर्‍याउन यस्ता कार्यक्रम प्रभावकारी हुने धारणा व्यक्त गरेका थिए । आयोजकले महिलाको स्वास्थ्य, सुरक्षा र अधिकार सुनिश्चित गर्न सचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाएको छ ।

साझा गर्नुहोस्: