ताजा समाचार लोड हुँदैछ...

अमृत गुरुङ र नेपथ्य व्याण्डका टोलीलाई भद्रपुर क्रिकेट मैदानमा भव्य स्वागत !

२०२६ अक्टोबर २८•० पटक पढिएको

अमृत गुरुङ र नेपथ्य व्याण्डका टोलीलाई भद्रपुर क्रिकेट मैदानमा भव्य स्वागत! सम्बन्धी विस्तृत समाचार।

Featured

भद्रपुर ११, कार्तिक / नेपाली लोक–रक संगीतका शिखर व्यक्तित्व, नेपथ्य ब्याण्डका लोकप्रिय गायक तथा संगीतकार अमृत गुरुङ सहितको टोलीलाई आज भद्रपुर क्रिकेट क्लबले स्वागत सम्मान गरेको छ।
मेची बहुमुखी क्याम्पस परिसरमा रहेको क्रिकेट मैदानमा एक संक्षिप्त कार्यक्रमका बीच नेपथ्य ब्यान्डलाई स्वागत सम्मान गरेको हो।
भद्रपुर क्रिकेट क्लबका अध्यक्ष एवं भद्रपुर नगरपालिकाका वडा नं. ८ का वडाध्यक्ष गौरव सुब्बा (मनोज) को अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेल विशिष्ट अतिथि रहनु भएको थियो।
कार्यक्रममा मिष्टर नेपाल २०२४ का प्रतियोगी गिरीशरत्न शाक्य सहित स्थानीय युवाहरु, यस क्षेत्रका क्रिकेट प्रेमी व्यक्तित्वहरू तथा क्लबका पदाधिकारीहरूको बाक्लो उपस्थिति रहेको थियो। टोलीले मैदानको स्थलगत अवलोकन समेत गरेको थियो।
अवलोकनका क्रममा आफ्नो मन्तव्य राख्दै गायक गुरुङले भन्नुभयो– "मानिसले चाहना राख्यो र समूहको मन मिल्न सक्यो भने असम्भव केही हुँदैन।" भद्रपुर क्रिकेट मैदान आगामी दिनहरूमा राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिताहरू गराउन अब्बल बनोस् र भद्रपुरले क्रिकेटको माध्यमबाट आफ्नो छुट्टै पहिचान बनाउन सफल बनोस् भन्दै उहाँले क्लब र सिंगो भद्रपुरवासीलाई शुभकामना व्यक्त गर्नुभयो। क्लवका अध्यक्ष गौरव सुव्वा मनोजले क्रिकेट मैदानको बारेमा जानकारी दिँदै विगतमा र भावी दिनमा हुने खेलको बारेमा चर्चा गर्नुभएको थियो भने विशिष्ट अतिथि गणेश पोखरेलले नेपथ्य ब्यान्डलाई नगरमा स्वागत गर्न पाउँदा खुसी लागेको बताउदै भद्रपुरमा हुने खेलमा भद्रपुरबासीको उल्लेख्य योगदान रहेको चर्चा गर्नु भयाे। सचिव केदार महतले सन्चालन गर्नुभएको संक्षिप्त कार्यक्रममा क्लवका उपाध्यक्ष नितेश वर्माले धन्यवादसहित समापन गर्नु भएको थियो । संगीत र खेलकुदको यो सुन्दर संगमले भद्रपुरको खेलकुद विकासमा थप उर्जा थपेको छ ।

Article image
Article image

साझा गर्नुहोस्: