ताजा समाचार लोड हुँदैछ...

हात्तीको आक्रमणबाट झापामा दुई जनाको मृत्यु !

२०२६ अक्टोबर २०•० पटक पढिएको

झापाको बाह्रदशी गाउँपालिका–२ मा जंगली हात्तीको आक्रमणमा परी दुईजनाको मृत्यु भएको छ। जंगली हात्तीको आक्रमणबाट बाह्रदशी गाउँपालिका–२ जनता बजारकी ७० वर्षीया लजमा खातुन र सोही वडाको चैतनियाबारी निवासी ७३ वर्षीय झप्टु राजवंशीको मृत्यु भएको हो।

Featured

भद्रपुर ३, कात्तिक / झापाको बाह्रदशी गाउँपालिका–२ मा जंगली हात्तीको आक्रमणमा परी दुईजनाको मृत्यु भएको छ।जंगली हात्तीको आक्रमणबाट बाह्रदशी गाउँपालिका–२ जनता बजारकी ७० वर्षीया लजमा खातुन र सोही वडाको चैतनियाबारी निवासी ७३ वर्षीय झप्टु राजवंशीको मृत्यु भएको हो । उपचारका क्रममा रहेका घाइते राजवंशीको पनि ज्यान गएसंगै मृत्यु हुनेको संख्या दुई पुगेको हाे ।
मर्निङवाकमा निस्केका बेला वडा नं.२ कै खाडी गाउँमा बिहान अलगअलग समयमा बाह्रदशी जंगलबाट आएका दुईवटा हात्तीले उनीहरूलाई आक्रमण गरेकाे थियो । हात्तीको आक्रमणबाट मर्निङवाकमा निस्केकी बाह्रदशी गाउँपालिका–२ जनता बजारकी ७० वर्षीया लजमा खातुनलाई बिहान ५.४० बजेतिर हात्तीले आक्रमणबाट गरेको थियो । घाइते वृद्धालाई उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लैजाँदै गर्दा बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय राजगढले जनाएको छ । यस्तै, हात्ती आक्रमणबाट घाइते भई बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारमा रहेका राजवंशीको आज बिहान १० बजे मृत्यु भएको उनका ज्वाइँ शंकरदेव राजवंशीले बताउनु भयो। खुट्टा र करङमा चोट लागेका उनलाई उपचारका लागि वीएण्डसी अस्पताल लगिएको थियो ।

साझा गर्नुहोस्: