ताजा समाचार लोड हुँदैछ...

प्रादेशिक अस्पताल भद्रपुरमा क्षयरोगीका लागि खुसीको खबर

२०२६ अक्टोबर ११•० पटक पढिएको

प्रा सम्बन्धी विस्तृत समाचार।

Featured

भद्रपुर २५, असोज / प्रादेशिक अस्पताल भद्रपुरले क्षयरोगीहरुका लागि थप उपचार सेवा प्रदान गर्ने भएको छ। यसअघि अस्पतालमा क्षयरोगसम्बन्धी आधारभूत सेवा उपलब्ध भइ आएकोमा अब भने विशेषज्ञ सेवा उपलब्ध हुने भएको छ।
प्रादेशिक अस्पताल भद्रपुरमा क्षयरोगसम्बन्धी विशेष तालिम प्राप्त चिकित्सक र त्यसको उपचारका लागि आवश्यक सामग्रीको ब्यवस्था भएकोले जटिल क्षयरोगको उपचार पनि प्रादेशिक अस्पताल भद्रपुरमै हुने अस्पताल स्रोतले जनाएको छ।
जिल्ला स्वास्थ्य कार्यालय झापाका क्षयरोग फोकल पर्सन विरेन्द्रकुमार दासले भद्रपुरमै सेवा थप हुँदा झापा इलाम सहित यस क्षेत्रका क्षयरोगीहरूले सुविधा पाउने बताउनुभयो।
अस्पतालबाट क्षयरोग सम्बन्धी आधारभूत सेवा उपलब्ध हुँदै आएकोमा अब भने विशेषज्ञ सेवा प्रदान गरिने मेची प्रादेशिक अस्पतालका चिकित्सक मनोज शाह बताउन हुन्छ। विगतमा, अस्पतालमा खकारबाट क्षयरोग परीक्षण, आवश्यकतानुसार एक्स–रे तथा सरकारी क्षयरोग उपचार कार्यक्रमअन्तर्गत निःशुल्क औषधि उपचार सेवा मात्र प्रदान गरिदै आएकोमा अब जटिल क्षयरोगको उपचार पनि भद्रपुरमै हुने उहाँको भनाइ छ। यस अघि जटिल शङ्का हुनेबित्तिकै विराटनगर पठाउने गरिएकोमा अब भर्ना गरेरै विशेष निरन्तर उपचार गर्नुपर्ने बाहेकका जटिल क्षयरोगीको उपचार पनि भद्रपुरमा हुन्छ,विराटनगर पठाउनु पर्दैन-उहाँ भन्नुहुन्छ ।
यसैबीच,मेची प्रादेशिक अस्पतालमा एच.आइ.भि .संंक्रमित गर्भवती महिलाका लागि प्रशुति सेवा नभएको र शल्यकृया समेत नहुने , अन्र्तरलिङ्गी समुदायका लागि हर्मोनल उपचार नभएको , ए.आर.टि. केन्द्रमा सरसफाई र पिउने पानीको पूर्ण सरसफाइयुक्त वन्दोवस्ती नभएको प्रति चिन्ता प्रकट गरिएको छ।
यू.एन.डि.पि अन्तर्गत राष्ट्रिय एड्स महासंघ नेपालद्वारा नेपाल सरकारको सहकार्य र रिकोभरिङ नेपालको साझेदारीमा झापा जिल्लामा संचालित समुदायको नेतृत्वमा अनुगमन कार्यक्रमको टास्क टिम वैठकमा सि.एल.एम. झापाका फोकल पर्सन दिपक ढकालले हालसम्म भ‌ए गरेका कार्यहरुको वारेमा जानकारी दिनुभयो। सोही क्रममा प्रादेशिक अस्पतालका चिकित्सक मनोज शाहले एच.आइ.भि.संंक्रमित गर्भवती महिलाका लागि प्रसुति सेवा संचालनका लागि सबै अवस्था तयार भएपनि सेवा सञ्चालन हुन नसकेकोप्रति गम्भीर चिन्ता प्रकट गर्नु भएको थियो।
कार्यक्रमको खुल्ला छलफलमा भाग लिदै ए.आर.टिका परिवेश विष्टले नयाँ सेवाग्राहीका लागि सि.डि.फोर परिक्षणको सेवा दिइने गरेको र २ जना हेपाटाइटिस सि.का विरामीको उपचार गरिएको बताउँदै सरकारले पुर्याउने सेवामा एएचएफ नेपालद्वारा सञ्चालित ए.आर.टिले सहकार्य गर्दै रहेको जानकारी दिनुभएको थियो।

Article image

साझा गर्नुहोस्: