ताजा समाचार लोड हुँदैछ...

कांग्रेस संस्थापन इतर समूहको भद्रपुर नगर सभापति बने खड्क लिम्बू

२०२६ अक्टोबर ८•० पटक पढिएको

नेपाली काङ्ग्रेसको १५ औं महाधिवेशन राजधानी काठमाडौँमा भइरहँदा संस्थापन इतर समूहको भद्रपुर नगर अधिवेशनबाट खड्कबहादुर लिम्बू भद्रपुर नगर समितिको अध्यक्षमा निर्वाचित हुनुभएको छ। संस्थापन इतर समूहले अलग्गै महाधिवेशन गर्ने तयारी गरेसँगै अहिले नगर , क्षेत्

Featured

भद्रपुर २१, असोज / नेपाली काङ्ग्रेसको १५ औं महाधिवेशन राजधानी काठमाडौँमा भइरहँदा संस्थापन इतर समूहको भद्रपुर नगर अधिवेशनबाट खड्कबहादुर लिम्बू भद्रपुर नगर समितिको सभापतिमा निर्वाचित हुनुभएको छ। संस्थापन इतर समूहले अलग्गै महाधिवेशन गर्ने तयारी गरेसँगै अहिले नगर , क्षेत्र तथा प्रदेश अधिवेशनहरू भ‌इरहेको छ।
सोही क्रममा हिजो भद्रपुरमा भएको इतर समूहको अधिवेशनले लिम्बूलाई नगर सभापतिमा निर्विरोध निर्वाचित गरेको हो। त्यसैगरी, नगर सचिवमा मानसिंह राजबंशी लगायत कार्यसमितिका सम्पूर्ण पदाधिकारी-सदस्यहरू निर्विरोध भएको निर्वाचन समितिले जनाएको छ।

Article image

साझा गर्नुहोस्: