ताजा समाचार लोड हुँदैछ...

माईधारको लक्ष्मीनारायण मन्दिरको नयाँ कार्यसमिति चयन

२०२६ अक्टोबर ५•० पटक पढिएको

श्रीलक्ष्मीनारायण मन्दिर एवं आद्य जगद्गुरु योगीराज श्रीकमलनयनाचार्य आश्रम, माईधारको नयाँ व्यवस्थापन समिति गठन भएको छ। झापा भद्रपुर-८ सुकीर्ति नगर निवासी हरिप्रसाद तिम्सिनाको अध्यक्षतामा मन्दिरको धार्मिक, आध्यात्मिक एवं सामाजिक गतिविधिलाई अझ व्यवस्थित

Featured

भद्रपुर १९, असोज / श्रीलक्ष्मीनारायण मन्दिर एवं आद्य जगद्गुरु योगीराज श्रीकमलनयनाचार्य आश्रम, माईधारको नयाँ व्यवस्थापन समिति गठन भएको छ। झापा भद्रपुर-८ सुकीर्ति नगर निवासी हरिप्रसाद तिम्सिनाको अध्यक्षतामा मन्दिरको धार्मिक, आध्यात्मिक एवं सामाजिक गतिविधिलाई अझ व्यवस्थित, मर्यादित र प्रभावकारी रूपमा अघि बढाउने उद्देश्यका साथ नयाँ व्यवस्थापन समिति गठन गरिएको हो।
समितिको अध्यक्षमा तिम्सिनाका अतिरिक्त उपाध्यक्षमा कमलप्रसाद निरौला, सचिवमा उद्धव बास्कोटा, सहसचिवमा कमला ढुङ्गाना र कोषाध्यक्षमा दामोदर सुवेदी सर्वसम्मत चयन हुनुभएको छ।
यसैगरी, समितिको सदस्यहरूमा गोपालचन्द्र मिश्र, लीला प्रसाद भट्टराई, टिका गुरागाईं, टिका न्यौपाने, वासुदेव रिसाल र संगीता कोइराला सुवेदी हुनुहुन्छ ।
आद्य जगद्गुरु योगीराज श्रीकमलनयनाचार्य स्वामीजी महाराजको दिव्य वैभव, गरिमा एवं गौरवलाई अझ सुदृढ बनाउँदै मन्दिरको सेवालाई थप उचाइमा पुर्‍याउने लक्ष्यका साथ नवगठित समितिले समर्पित भावका साथ कार्य गर्ने जनाएको छ।
मन्दिरको आर्थिक गतिविधि तथा व्यवस्थापनलाई पारदर्शी र व्यवस्थित बनाउन छुट्टै लेखा समिति पनि गठन गरिएको छ। लेखा समितिको संयोजकमा परासर दाहाल रहनुभएको छ भने सदस्यहरूमा बालकृष्ण चेम्जोङ र गंगा खतिवडा नेपाल चयन हुनुभएको छ।
नेपालकै पहिलो द्राविड शैलीको भव्य मन्दिरको समुद्घाटन गत वैशाखमा भएको थियो भने त्यसैबेला आध्यात्मिक ज्ञान जागरण महा पुराण सम्पन्न भएको थियो।
वि.सं. २०२८ सालमा नेपालका प्रथम जगद्गुरु श्री योगीराज स्वामीजी महाराजको पावन सपनास्वरूप निर्मित ऐतिहासिक गुरुकुल आज नेपालको पूर्व (झापा) तिर आउँदा अलौकिक धामको रूपमा स्थापित छ।
भव्य र आकर्षक ढङ्गले संस्थापित यस मन्दिरको नवगठित व्यवस्थापन समिति सामू थुप्रै चुनौतीहरू भएपनि समितिका सम्पूर्ण पदाधिकारी सदस्यहरूको सामूहिक प्रयासबाट मन्दिरको गरिमा, वैभव तथा धार्मिक र सामाजिक सेवाका कार्यहरू आगामी दिनमा अझ उन्नत र प्रभावकारी बन्दै जाने विश्वास लिइएको छ।
#JSNBhakti #Jhapa #Maidhar #Jagat guru #DravidianArchitecture #NepalTemples #SanatanDharma #JaiShreeMannarayana

Article image
Article image

साझा गर्नुहोस्: