ताजा समाचार लोड हुँदैछ...

प्रादेशिक अस्पताल भद्रपुरमा एआरटी सेवा

२०२६ मे १९ पटक पढिएको

प्रा सम्बन्धी विस्तृत समाचार।

Featured

भद्रपुर ५,जेठ / झापाको भद्रपुर स्थित प्रादेशिक अस्पताल भद्रपुरमा सञ्चालित एआरटी (ART) सेवामा हाल ५४४ जना एचआइभी संक्रमित आबद्ध रहेको जानकारी सार्वजनिक गरिएको छ।
आज अस्पतालमा स्वास्थ्यसँग सरोकार राख्ने विभिन्न संघसंस्थाबीच आयोजित अर्धवार्षिक समन्वय बैठकमा सहयोगी संस्था AHF नेपालले उक्त तथ्यांक प्रस्तुत गरेको हो। प्रस्तुत विवरणअनुसार सेवामा २८६ पुरुष र २३९ महिला नियमित रूपमा आबद्ध रहेका छन्।
अस्पताल विकास समितिका अध्यक्ष विश्वनाथ बरालको अध्यक्षतामा सम्पन्न बैठकमा मेडिकल सुपरीटेन्डेन्ट डा. संजयकुमार गुप्ता, अस्पतालका चिकित्सकहरू, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख तथा नयाँ चेतना समूहका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
बैठकमा AHF नेपालले प्रादेशिक अस्पताल भद्रपुरमै एचआइभी संक्रमित व्यक्तिहरूको शल्यक्रिया सेवा सञ्चालन गर्न प्रस्ताव राखेको थियो। उक्त प्रस्तावप्रति अस्पताल प्रशासन सकारात्मक देखिएको बताइएको छ।
कार्यक्रममा सहजीकरण गर्दै AHF का प्रतिनिधि परिवेशराज बिष्टले भद्रपुरमा शल्यक्रिया सेवा उपलब्ध नभएका कारण संक्रमित बिरामीलाई धरान वा काठमाडौंसम्म पठाउनुपर्ने बाध्यता रहेको उल्लेख गर्नुभयो। उहाँले बाहिर पठाउँदा बिरामीहरूले असहजता र विभिन्न समस्या भोग्नुपरेको भन्दै यसको दीर्घकालीन समाधानका लागि अस्पताल प्रशासनसँग सहकार्य र सहजीकरणको अनुरोध गर्नुभयो।
उहाँले प्रादेशिक अस्पताल भद्रपुरमा एचआइभी संक्रमितहरूले प्राप्त गरिरहेका सेवा, उपचार तथा परामर्शसम्बन्धी तथ्यगत विवरणसमेत प्रस्तुत गर्नुभएको थियो।

साझा गर्नुहोस्: