
भद्रपुर ११,असोज / सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लि. चारपानेको सञ्चालक समिति अध्यक्षमा छविलाल खतिवडा निर्वाचित हुनु भएको छ । भर्खरै सम्पन्न मतगणनाको परिणाम अनुसार अध्यक्षमा खतिवडा निर्वाचित हुनु भएको हो । खतिवडासँग भरतकुमार गिरी र उपेन्द्रप्रसाद ओलीले प्रतिस्पर्धा गर्नुभएको थियो।
सहारा नेपालको निर्वाचनमा ३ वटा प्यानल प्रतिष्पर्धामा रहेका थिए । त्यसमध्ये छविलाल खतिवडाको प्यानलै निर्वाचित भएको हो ।अध्यक्षमा खतिवडा २१,९८४ मत प्राप्त गर्दै निर्वाचित उहाँका निकटतम प्रतिद्वन्द्वी उपेन्द्रप्रसाद ओलीले ७,३९७ मत र भरतकुमार गिरीले ४,२६३ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै, संस्थाको वरिष्ठ उपाध्यक्षमा नेत्रबहादुर नेपाल १८,९३९ मत प्राप्त गरी निर्वाचित हुनु भएको छ। यस पदमा प्रतिस्पर्धा गरेका टेकनाथ खनाल (टंक) ले ४,७९९ मत, हेमराज गिरीले ४,०९५ मत र ज्ञाननाथ मैनालीले ५,६२७ मत प्राप्त गर्नु भएको छ ।
महिला उपाध्यक्षमा पार्वती भारती गिरी २०,०८१ मत प्राप्त गर्दै विजयी हुनु भयो भने। अन्य उम्मेदवारहरू खिनमाया बस्नेतले ५,५१० मत, गुहेश्वरी बुढाथोकीले ३,५८६ मत र सुश्री हरिमाया सिग्देलले ३,८७१ मत प्राप्त गर्नु भएको निर्वाचन समितिले जनाएको छ ।
कोषाध्यक्ष पदमा लक्ष्मीप्रसाद आचार्य १९,५६३ मत ल्याएर निर्वाचित हुनुभएको छ। यस पदका अन्य उम्मेदवारहरू भिमबहादुर गिरीले ७,०४३ मत र भोला धितालले ६,२४२ मत प्राप्त गर्नु भएको छ ।
त्यसैगरी, खुला सदस्यतर्फ नारायणप्रसाद गिरी (११,८९६), मदनराज कटुवाल (१२,८२७) र रमेश सेढाई (९४२५) मत प्राप्त गर्दै विजयी हुनु भयाे भने महिला सदस्यतर्फ राधिका चुडाल (हुमागाईं) (१२,०४२) र शिखा खड्का (१३,०४५) मत प्राप्त गर्दै विजयी बन्नु भयो ।
यस्तै, लेखा सुपरिवेक्षण समिति संयोजकमा डम्बरबहादुर देउजा १९,५७० मत प्राप्त गरी निर्वाचित हुनु भएको छ भने उहाँका प्रतिद्वन्द्वी शंकर सुवेदीले ११,६५९ मत प्राप्त गर्नुभएको छ।
लेखा सुपरिवेक्षण समितिको सदस्यहरूमा बविता घिमिरे (१७,२२७), सुनील कार्की (१५,४८८) मत प्राप्त गर्दै विजयी बन्नु भएको छ ।