
भद्रपुर ९, असोज / स्वर्गद्वारी कृषि सहकारी संस्था लिमिटेड, भद्रपुर-८ को १३ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।
सहकारीका ज्येष्ठ सदस्य दधिराम मैनालीको प्रमुख आतिथ्य तथा सहकारीका अध्यक्ष गोपालबहादुर थापाको सभापतित्वमा साधारणसभा सम्पन्न भएको हो। साधारणसभाका अवसरमा उत्कृष्ट बचतकर्ता र ऋणीहरूलाई सम्मान गरिएको छ।
सम्मानित हुने उत्कृष्ट बचतकर्ताहरूमा भद्रपुर-७ की यमुना पौडेल र भद्रपुर-८ का विशाल थापा रहेका छन्। त्यसैगरी उत्कृष्ट ऋणीतर्फ भद्रपुर-६ का गिरिश अग्रवाल र भद्रपुर-८ की दीपा श्रेष्ठ सम्मानित हुनुभएको छ।
साधारणसभामा अध्यक्ष थापाले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदनका साथै आय व्यय विवरणको लेखा प्रतिवेदन र आर्थिक प्रतिवेदन सर्वसम्मत पारित भएको छ।
उपाध्यक्ष सुरेन्द्र खत्रीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रमको सञ्चालन सचिव गुणराज अधिकारीले गर्नुभएको थियो। कार्यक्रममा सल्लाहकार प्रकाश दाहाल र सल्लाहकार संयोजक देवीप्रसाद दाहालले शुभकामना मन्तव्य राख्नुभएको थियो।
