ताजा समाचार लोड हुँदैछ...

नीता श्रेष्ठ महिला तथा बालबालिका जागरण अभियानको अध्यक्षमा पुन: चयन / अभियानद्वारा सर्पदंश उद्धारक पासवानलाई सम्मान

२०२६ अगस्ट २३ पटक पढिएको

महिला तथा बालबालिका जागरण अभियान भद्रपुरको अध्यक्षमा नीता श्रेष्ठ पुनः चयन हुनुभएको छ। अभियानको आज श्रीकृष्ण द्वैपायन गुरुकुल वेद विद्याश्रममा भएको १९औं वार्षिक तथा पाँचौं निर्वाचित साधारण सभाले श्रेष्ठलाई दोस्रो कार्यकालको लागि सर्वसम्मत चयन गर्दै न

Featured

भद्रपुर / महिला तथा बालबालिका जागरण अभियान भद्रपुरको अध्यक्षमा नीता श्रेष्ठ पुनः चयन हुनुभएको छ।
अभियानको आज श्रीकृष्ण द्वैपायन गुरुकुल वेद विद्याश्रममा भएको १९औं वार्षिक तथा पाँचौं निर्वाचित साधारण सभाले श्रेष्ठलाई दोस्रो कार्यकालको लागि सर्वसम्मत चयन गर्दै नौ सदस्यीय कार्यसमिति गठन गरेको हो।
समितिको उपाध्यक्षमा हिरा श्रेष्ठ, सचिव पार्वती ओझा, सहसचिव चमेली खड्का र कोषाध्यक्षमा सुष्मा दाहाल चयन हुनुभएको छ। त्यस्तै, सदस्यहरूमा जयन्ती मानी, देवी कार्की, मिसेल बुढाथोकी, विद्या प्रधान, मिना ओली र प्रतिमा शर्मा चयन भएको संस्थापक अध्यक्ष शर्मिला अधिकारीले जानकारी दिनुभयो।
नीता श्रेष्ठको अध्यक्षता र भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा भएको सोही कार्यक्रममा तीनजनालाई सम्मान समेत गरिएको थियोे।
सम्मानित हुनेहरूमा अभियानकी जेष्ठ सदस्य इन्दिरा रेग्मी, संस्थापक सचिव तिलोत्तमा खत्री र सर्प दंश उद्धारक सन्तोष पासवान हुनुहुन्थ्यो। पासवानलाई नगद १५ हजार रूपैयाँसहित सम्मानपत्र प्रदान गरिएको थियो।
सोही कार्यक्रममा, नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा सर्पदंस सम्बन्धी सचेतना कार्यक्रम पनि संचालन गरिएको थियो। सचेतना कार्यक्रमको सहजीकरण अभिषेक पोखरेलले गर्नुभएको थियो।
कार्यक्रममा प्रमुख अतिथि गणेश पोखरेल, विशिष्ट अतिथि उपप्रमुख राधा कार्की, ८ नम्बर वडा अध्यक्ष गौरव सुब्बा मनोज, पूर्व नगर प्रमुख चन्द्रमाया श्रेष्ठ, गुरुकुलकी अध्यक्ष शान्ता भट्टराई बराल र सम्मानित हुने तिलोत्तमा खत्री कार्कीले मन्तव्य राखेका थिए। कार्यक्रममा संस्थापक अध्यक्ष शर्मिला अधिकारीले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने स्वागत मन्तव्य हिरा श्रेष्ठ र सञ्चालन पार्वती ओझाले गर्नुभएको थियो।
अभियानले, आज गुरुकुलका बटुकहरूलाई भोजनको समेत व्यवस्था गरेको जनाएको छ ।

Article image
Article image

साझा गर्नुहोस्: