
भद्रपुर ५,भदौ/ भद्रपुरमा आज "लागू औषध विरुद्ध झापा अभियान" अन्तर्गत सचेतना कार्यक्रम सम्पन्न भएको छ।
जिल्ला प्रहरी कार्यालय झापा र इनरह्वील क्लब अफ भद्रपुरको संयुक्त आयोजनामा एयरपोर्ट होटल भद्रपुरमा भएको कार्यक्रमको अध्यक्षता इनरह्वील क्लब भद्रपुरकी अध्यक्ष डिक्छेन शेर्पाले गर्नुभएको थियो।
कार्यक्रममा भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेल प्रमुख अतिथि र झापा प्रहरी प्रमुख, प्रहरी उपरीक्षक बसुन्धरा खड्का विशिष्ट अतिथि हुनुहुन्थ्यो।
कार्यक्रममा लागू औषधको जोखिम र सचेतनासम्बन्धी भिडियो प्रस्तुति गरिएको थियो भने विद्यालयहरुका लागि सचेतनामूलक ब्यानर तथा पोस्टर हस्तान्तरण गरिएको थियो।
कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख गणेश पोखरेल, विशिष्ट अतिथि एसपी बसुन्धरा खड्का, लवकुश आश्रम भद्रपुरकी अध्यक्ष रन्जु शर्मा र ओएचटीबाट दिपा निरौलाले मन्तव्य राख्नुभएको थियो।
प्रहरी निरीक्षक मोती लाल योन्जन तामाङले सहजीकरण गर्नुभएको कार्यक्रममा इनरह्वील क्लब भद्रपुरकी संस्थापक अध्यक्ष कुसुम अधिकारीले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको थियो।
निर्मला निरौला खड्काले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन प्रभा ढकालले गर्नुभएको थियो।
सोही कार्यक्रममा जिल्ला प्रहरी कार्यालय झापाको तर्फबाट सचेतनामूलक नृत्य समेत प्रस्तुत गरिएको थियो।

