ताजा समाचार लोड हुँदैछ...

सहारा साकोसको निर्वाचन: उम्मेदवारको नामावली सार्वजनिक

२०२६ अगस्ट १७ पटक पढिएको

स सम्बन्धी विस्तृत समाचार।

Featured

भद्रपुर १, भदौ / सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आगामी निर्वाचनका लागि उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक गरिएको छ। संस्थाको बिर्तामोड–चारपानेस्थित मुख्य कार्यालयमा रहेको निर्वाचन समितिले विभिन्न पदमा उम्मेदवारी दर्ता गराएका उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक गरेको हो।
निर्वाचन समितिका अनुसार अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी परेको छ । आगामी तीन वर्षे कार्यकालका लागि आश्विन ६ गते हुने निर्वाचन प्रणालीबाट छनोट हुने गरी अध्यक्षमा छविलाल खतिवडा, भरतकुमार गिरी र उपेन्द्रप्रसाद ओलीले उम्मेदवारी दिनु भएको छ।
त्यस्तै, वरिष्ठ उपाध्यक्ष पदका लागि पाँच जना र महिला उपाध्यक्ष पदका लागि पाँच जनाले उम्मेदवारी दिएका छन्। वरिष्ठ उपाध्यक्षमा नेत्रबहादुर नेपाल, प्रेमप्रसाद पौडेल, ज्ञानुनाथ मैनााली, टेकनाथ खनाल (टंक) र हेमराज गिरीको उम्मेद्वारी परेको छ। त्यस्तै महिला उपाध्यक्षतर्फ पार्वता भारती गिरी, नर्वदा संग्रौला, हरिमाया सिग्देल, गुहेश्वरी बुढाथोकी र खीनमाया बस्नेतको उम्मेदवारी परेको छ ।
कोषाध्यक्ष पदका लागि पनि पाँच जनाले उम्मेदवारी दिएका छन्। कोषाध्यक्षमा लक्ष्मीप्रसाद आचार्य, दुर्गाप्रसाद भण्डारी, भीमबहादुर गिरी, भोला धिताल र विकास रिजाल प्रतिस्पर्धामा हुनुहुन्छ।
निर्वाचन समितिले सदस्य पदका लागि समेत ठूलो संख्यामा उम्मेदवारी परेको जनाएको छ। खुला सदस्यतर्फ ४२ जना, महिला सदस्यतर्फ १० जना र लेखा सुपरिवेक्षण समितिको विभिन्न पदमा पनि आवश्यकताभन्दा बढी उम्मेदवारी परेको विवरण सार्वजनिक गरिएको छ।
निर्वाचन समितिका अनुसार लेखा सुपरिवेक्षण समितिको एक संयोजकमा दुई जना डम्बरबहादुर देउजा र शंकर सुवेदीको उम्मेदवारी परेको छ भने सदस्य २ जनाका लागि ८ जनाको उम्मेदवारी परेको छ।
उम्मेदवारहरूको लागि नाम फिर्ता लिने समय भदौ ५ गतेदेखि २० गतेसम्मलाई तोकिएको छ। एक लाख ९७ हजार हजार ५५२ मतदाता रहेको सहारा साकोसको निर्वाचन सम्पूर्ण सदस्यहरूको प्रत्यक्ष मतदानद्वारा पहिलोपटक हुन गइरहेको छ। ठूलो सङ्ख्यामा मतदाता रहेकोले सेवा केन्द्रमा बाकस राखेर मतदान गराइने कार्यक्रम तय गरिएको निर्वाचन समितिले जनाएको छ।

साझा गर्नुहोस्: