
भद्रपुर ३१, साउन / नेपाल भारत मैत्री सङ्घ कोशी प्रदेशको आयोजनामा भारतको ७९ औँ स्वतन्त्रता दिवसको अवसरमा इलाममा पर्यटक प्रवर्द्धन सम्बन्धी गोष्ठी सम्पन्न भएको छ। इलामको रोङ गाउँपालिका वडा नम्बर ३ को कुटीडाँडास्थित एक होटलमा "कोशी प्रदेशको पर्यटकीय गन्तव्य सम्भावना र चुनौतीका"विषयमा कार्यशाला गोष्ठी सम्पन्न भएको होे।
विशेष गरेर भारतीय पर्यटकहरुलाई आकर्षण गर्न र नेपालका पर्यटकीय गन्तव्यहरुको पहिचान गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको सङ्घका कोशी प्रदेश अध्यक्ष छत्रबहादुर गिरीले बताउनु भयो।
नेपाल भारत मैत्री सङ्घका उपाध्यक्ष एबं कोशी प्रदेश अध्यक्ष गिरीको सभापतित्वमा भएको गोष्ठीको प्रमुख अतिथि इलाम -१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य निश्चल राई र विशिष्ट अतिथि पाल्पाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य सन्दिप राना रहनु भएको थियो ।
गोष्ठीमा तेजप्रसाद चौलागाई धुलाबारीले कार्य पत्र प्रस्तुत गर्नु भएको थियो भने गोष्ठीमा प्रमुख अतिथि राई र विशिष्ट अतिथि रानाका अतिरिक्त नेपाल भारत मैत्री संघका केन्द्रीय अध्यक्ष शैलेन्द्रमोहन झा, स्थानीय व्यवसायी एकराज घिमिरे लगायतले मन्तव्य राख्नुभएको थियो ।
शेखर ढकाल बिर्तामोडले स्वागत मन्तव्यगर्नुभएको
सोही गोष्ठीका अवसरमा कोशी प्रदेश अन्तर्गतका माध्यमिक विद्यालयहरु बीचको निबन्ध प्रतियोगितामा उत्कृष्ट हुने विद्यालयलाई ट्रफी तथा छात्र छात्रालाई नगद सहित पुरस्कार र प्रमाण पत्र वितरण गरिएको थियोे। पर्यटन प्रवर्धन सम्बन्धी विभिन्न कोणलाई केन्द्रित गर्दैै लेखिएको निबन्धमा इलाम जिल्लाको अमर माध्यमिक विद्यालयमा अध्ययनरत छात्रा एस्तर दियाली प्रथम , झापाको धुलाबारी माविकी आरती दाहाल दोस्रो तथा सुनसरीको बालमन्दिर माध्यमिक विद्यालयकी छात्रा लक्ष्मीप्रभा राई तेस्रो हुँदै पुरस्कृत भएका थिए ।
नेपाल भारत मैत्री सङ्घका सह अध्यक्ष बोध कृष्ण सुवेदी, भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल, रोङ गाउँपालिकाका अध्यक्ष सुवास राई लगायतको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन नेपाल भारत मैत्री सङ्घका कोशी प्रदेश सचिव चन्द्रमणि पौडेलले गर्नुभएको थियो।
