ताजा समाचार लोड हुँदैछ...

भद्रपुर पुस्तकालयको नौ सदस्य तदर्थ समितिले पायो पूर्णता।

२०२६ अगस्ट ९ पटक पढिएको

भद्रपुर पुस्तकालयको तदर्थ समितिले पूर्णता पाएको छ। गत असार २७ गते संयोजक चिन्तामणि दाहालको संयोजकत्वमा गठन भएको तदर्थ समितिले पूर्णता पाएको हो।

Featured

भद्रपुर २४, साउन / भद्रपुर पुस्तकालयको तदर्थ समितिले पूर्णता पाएको छ । गत असार २७ गते संयोजक चिन्तामणि दाहालको संयोजकत्वमा गठन भएको तदर्थ समितिले पूर्णता पाएको हो।
आज (साउन २४ गते) बिहान भद्रपुर प्रेस क्लबको सभाकक्षमा समितिका संयोजक चिन्तामणि दाहालको अध्यक्षतामा भएको सल्लाहकार समिति समेतको संयुक्त बैठकले ९ सदस्यीय कार्यसमितिलाई पूर्णता दिएको हो ।
जसअनुसार, डा. गीता श्रेष्ठ– उपाध्यक्ष, राजबाबु शंकर– सचिव, अजय साहेवाला– कोषाध्यक्ष, डिल्लीरमण नेपाल– सहसचिव एवम् सदस्यहरूमा– वडा न.५ का अध्यक्ष समेत रहनुभएका बन्धु कार्की, धनजुजु श्रेष्ठ, सन्तोष अग्रवाल र नीलम गोयल हुनुहुन्छ ।भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की तथा वडाध्यक्षत्रय बन्धु कार्की, अभिषेक ढुंगाना र गौरव सुब्बा ‘मनोज’ को रोहवरमा गठित भद्रपुर पुस्तकालयको तदर्थ समितिले पूर्णता पाएको संयोजक चिन्तामणि दाहालले जानकारी दिनुभयो ।
१४ सदस्यीय सल्लाहकार समितिको चयन भने साउन ५ गते नगर–प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा भएको बैठकले गरेको थियो । जसमा– दुर्गाप्रसाद भट्टराई, पुरुषोत्तम अधिकारी, दीपक पोखरेल, दिपेश ढकाल, छत्रप्रसाद अधिकारी, शिवकुमार गुप्ता, यामबहादुर श्रेष्ठ, सत्यनारायण तायल, प्राडा. पृथ्वीबिक्रम राई, गोविन्द कोइराला, शिवकुमार राजभण्डारी, यशोदा कँडेल, टीकाराज ढकाल र प्रदीपमणि रेग्मी रहनु भएको छ ।
सोही बैठकले पुस्तकालयको प्रमुख संरक्षक भद्रपुर नगरपालिका रहने गरी पुस्तकालयका लागि श्रेस्ता अनुसार ९ धुर जग्गादाता शिवप्रसाद गुप्ता परिवारका एक जना सदस्य संरक्षक र पुस्तकालयका पूर्वअध्यक्षहरू सबै सल्लाहकार रहने निर्णय गरेको सचिव राजबाबु शंकरले जानकारी दिनुभयो। ।

साझा गर्नुहोस्: