ताजा समाचार लोड हुँदैछ...

भद्रपुरमा नेपाल जेसीजको ५३ औं राष्ट्रिय महाधिवेशन हुँदै : लोगो सार्वजनिक

२०२६ जुलाई २९ पटक पढिएको

भद्रपुरमा नेपाल जेसीजको ५३ औं राष्ट्रिय महाधिवेशन हुँदै : लोगो सार्वजनिक भद्रपुर/ नेपाल जेसीजको ५३ औं राष्ट्रिय सम्मेलन तथा महाधिवेशन आगामी पूस ८ देखि १० गते (डिसेम्बर २३–२५) सम्म झापाको सदरमुकाम नगरी भद्रपुरमा आयोजना हुने भएको छ। आतिथेय शाखा भद्रपुर

Featured

भद्रपुर/ नेपाल जेसीजको ५३ औं राष्ट्रिय सम्मेलन तथा महाधिवेशन आगामी पूस ८ देखि १० गते (डिसेम्बर २३–२५) सम्म झापाको सदरमुकाम नगरी भद्रपुरमा आयोजना हुने भएको छ ।
आतिथेय शाखा भद्रपुर जेसीजले महाधिवेशनलाई भव्य रूपमा सम्पन्न गर्ने तयारी थालिएको औपचारिक घोषणाका साथ साउन १३ गते चन्द्रगढीस्थित प्रेस क्लबको प्रेक्षालयमा पत्रकार सम्मेलनको आयोजना गरी आसन्न महाधिवेशनको लोगो सार्वजनिक गरेको हो ।
प्रमुख अतिथि भद्रपुर नगरपालिकाका नगर–प्रमुख गणेश पोख्रेल, विशिष्ट अतिथि ओम साई पाथीभरा हस्पिटलका अध्यक्ष एवम् ‘म जे गर्छु, भद्रपुरकै लागि गर्छु’ नारा सहित भद्रपुरमा आयोजना भएका विभिन्न सामाजिक गतिविधिसँगै खेलकूदका लागि उल्लेख्य वित्तीय सहयोग गर्दै आएका समाजसेवी दीपक पोखरेल, नेपाल जेसीजका कार्यकारिणी उपाध्यक्ष योगेश राजवंशी, भद्रपुर जेसीजका अध्यक्ष सुरेन्द्र खड्का ‘हिमाल’ लगायतले ५३ औं महाधिवेशनको लोगो अनावरण गरेका थिए ।
देशभरका करीब २०० शाखा प्रत्येकबाट ७ जना प्रतिनिधि र ५ जना पर्यवेक्षक गरी करीब ३ हजार २ सय जनाको सहभागिता रहने सो राष्ट्रिय सम्मेलन–२०२६ तथा महाधिवेशनमा पूर्वराष्ट्रिय अध्यक्ष, पूर्वशाखा अध्यक्ष तथा वर्तमान राष्ट्रिय कार्यसमितिका पदाधिकारीहरू पर्यवेक्षकका रूपमा सहभागी हुने आयोजकले जनाएको छ ।
यसका अतिरिक्त ‘घब् (ब्अत, ब्ष्m, ब्अजष्भखझभलतक)’ विषयमा प्रकरण/ कार्यपत्र प्रस्तुतिउपर लब्धप्रतिष्ठित एवम् प्राज्ञिक व्यक्तित्वबाट टिप्पणी हुनुका साथै राय संकलन तथा मनोरञ्जनात्मक कार्यक्रम समेत राखिने सम्मेलनमा नेपाल जेसीज र अन्तर्राष्ट्रिय जेसीजमा मान्यताप्राप्त प्रशिक्षकहरूबाट व्यक्तित्व र नेतृत्व विकास सम्बन्धी विशेष तालिमहरू पनि सञ्चालन गरिने पत्रकार सम्मेलनमा वितरित प्रेस–नोटमा उल्लेख छ ।
महाधिवेशनस्थल भद्रपुरको मेची रङ्गशाला हुने छ भने महाधिवेशनमा साधारणसभा, नयाँ नेतृत्व चयनका लागि चुनाव, आगामी वर्षको कार्ययोजना प्रस्तुति, आय–व्यय प्रतिवेदनमाथि छलफल र बजेट अनुमोदन गरिने छ । साथै, नेपाल जेसीजको एरिया ‘ए’, ‘बी’, ‘सी’ र ‘डी’ का अध्यक्षहरूको क्षेत्रीय बैठक पनि हुने बताइएको छ ।
महाधिवेशन सम्पन्न गर्न १९ सदस्यीय स्टेयरिङ कमिटी गठन गरी विभिन्न उपसमिति मार्फत तयारी अघि बढाएको आतिथेय शाखा भद्रपुर जेसीजले महाधिवेशनस्थलमा सहभागीहरूको प्रयोजनार्थ पार्लर, स्तनपान कक्ष, स्टल, चिया–खाजा, भोजन तथा किट ब्यागको समेत व्यवस्था गर्ने जनाउँदै महाधिवेशन सम्पन्न गर्न करीब २ करोड रुपैयाँ लागत अनुमान गरेको छ ।
सो बजेट व्यवस्थापनका लागि रजिष्ट्रेशन, दर्ता शुल्क, विज्ञापनदाता तथा उद्योगी–व्यवसायी, स्थानीय तह र विभिन्न संघ–संस्थाबाट सहयोग जुटाएर ऐतिहासिक नगरी भद्रपुरको भूगोलमा आयोजना हुने यो महाधिवेशनलाई आकर्षक, सुरुचिपूर्ण र उत्सवमय तवरले सम्पन्न गर्ने लक्ष्य लिइएको आयोजकले जनाएको छ ।
पत्रकार सम्मेलनका प्रमुख अतिथि पोखरेलले– भद्रपुरमा हुन गइरहेको जेसीजको ५३ औं राष्ट्रिय महाधिवेशन हाम्रो भद्रपुरका लागि ठूलो अवसर र उपलब्धि पनि हो भन्दै यस जेसीज सम्मेलनलाई सफल बनाउने दायित्व भद्रपुरबासी सबैको हो– भने ।
उनले– जेसीजको राष्ट्रिय महाधिवेशनले भद्रपुरको पहिचानलाई अझ विस्तार गर्न उल्लेख्य सहयोग पु¥याउने भनाइ राख्दै महाधिवेशन सफल पार्न नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत जनाए ।
त्यसैगरी, भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्कीले– भद्रपुरमा नेपाल जेसीजको राष्ट्रिय सम्मेलन हुनु सुखद रहेको र ३ दिने सो सम्मेलनले भद्रपुरलाई उपलब्धि पनि दिलाउने विश्वास व्यक्त गरिन् ।
जेसीजको महाधिवेशन–निर्देशक जेसी बसन्त पोखरेलले सम्मेलनको तयारी सम्बन्धी कार्यसूचीमा प्रकाश पारेको र ५३ औं जेसीज महाधिवेशनका प्रचार–प्रसार समिति संयोजक जेसी अभिषेक ढुङ्गानाले विषयवस्तुको सविस्तार जानकारीका साथ सहजीकरण गरेको पत्रकार सम्मेलनमा भद्रपुर जेसीजका महासचिव सुरेश श्रेष्ठले जेसीज आस्था वाचन गरेका थिए ।
सोही कार्यक्रमका बीच जेसीज महाधिवेशन आयोजक कमिटीको समन्वयमा ओम साई पाथीभरा हस्पिटलका अध्यक्ष समाजसेवी दीपक पोखरेलले प्रेस क्लब–भद्रपुरको प्रेक्षालयका निम्ति २ टन क्षमताका २ वटा एसी प्रदान गर्ने प्रतिबद्धता समेत जनाएका थिए । सो सहयोगका निम्ति क्लबले दाता पोखरेल र समन्वयकर्ता जेसीजका शुभेच्छुकहरूलाई धन्यवाद ज्ञापन गरेको छ ।

Article image

साझा गर्नुहोस्: