ताजा समाचार लोड हुँदैछ...

प्रादेशिक अस्पताल भद्रपुरमा भाइरल लोड मेसिनको अभावप्रति चासो वृध्दि

२०२६ जुलाई २९ पटक पढिएको

प्रादेशिक अस्पताल भद्रपुरमा भाइरल लोड मेसिनको अभावप्रति चासो वृद्धि। भद्रपुर १३ साउन / प्रादेशिक अस्पताल, भद्रपुरमा भाइरल लोड मेसिनको अभाव रहेकोले त्यसको व्यवस्था गर्न सामुहिक प्रयत्न गर्ने निर्णय भएको छ।

Featured

भद्रपुर १३ साउन / प्रादेशिक अस्पताल, भद्रपुरमा भाइरल लोड मेसिनको अभाव रहेकोले त्यसको व्यवस्था गर्न सामुहिक प्रयत्न गर्ने निर्णय भएको छ। भद्रपुर नगर पालिकाका नगर प्रमुख गणेश पोखरेलको अध्यक्षतामा नगर पालिकामा आज बसेको बैठकले त्यस्तो निर्णय गरेको हो ।
भद्रपुरस्थित प्रादेशिक अस्पतालको एआरटी सेन्टरमा उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले सञ्चालित परियोजना " एड्स हेल्थ केयर फाउन्डेसन- AHF " काे पहलमा सल्लाहकार समितिको बैठक बसेको थियो।
भाइरल लोड मेशिनले, शरीरमा कुन भाइरसको मात्रा (viral Load) कति छ भन्ने मापन गर्नुका साथै सामान्यतया रगतको नमुनाबाट भाइरसको आनुवांशिक कति छ भनेर परीक्षण गर्छ ।
प्रादेशिक अस्पताल, भद्रपुरमा HIV.भएका विरामीमा उपचार प्रभावकारी छ कि छैन भनेर हेर्न, हेपाटाइटिस B र C मा भाइरसको मात्रा मापन गर्न तथा रोगको अवस्था बुझ्नका आवश्यक भएकाले यसको अभाव रहेको बिषयमा छलफल भएको थियो । यो मेसिन अस्पतालमा नहुँदा संक्रमितको रगत विराटनगर वा काठमाडौ पठाउनु पर्दा कठिनाइ भएको ART. क्लिनिक अफिसर परिवेशराज विष्टले जानकारी दिनुभयो।
बैठकलाई सम्बोधन गर्दै नगर प्रमुख पोखरेलले यसका लागि सामूहिक पहल गर्ने र एचआइभी संक्रमितका लागि पोषण, सचेतना लगायतमा नगरपालिका हातेमालो गर्न तयार रहेको बताउनु भएको थियोे।

Article image

साझा गर्नुहोस्: