ताजा समाचार लोड हुँदैछ...

सरकार र आन्दोलनरत चिकित्सकबीच ५ बुँदे सहमति: आन्दोलन फिर्ता

२०२६ जुलाई २९ पटक पढिएको

सरकार र आन्दोलनरत नेपाल चिकित्सक संघबीच ५ बुँदे सहमति भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा भएको गहन छलफलपछि दुवै पक्षबीच सहमति बनेको हो।

काठमाडौं १३,साउन / सरकार र आन्दोलनरत नेपाल चिकित्सक संघबीच ५ बुँदे सहमति भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा भएको गहन छलफलपछि दुवै पक्षबीच सहमति बनेको हो।
सहमति वार्तामा स्वास्थ्य मन्त्रालयका प्रतिनिधिहरूसँगै गृह र कानुन मन्त्रालयका उच्च प्रतिनिधिहरूको पनि सहभागिता रहेको थियो।
वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सकमाथि भएको आक्रमणको विरोधमा चिकित्सकहरू आन्दोलित बनेका थिए। संघको आह्वानमा मंगलबार र बुधबार देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा ठप्प पारिएको थियो।
दुवै पक्षबीच ५ बुँदे सहमति भएसँगै चिकित्सकहरूले आफ्ना आन्दोलनका कार्यक्रम स्थगन गरी नियमित सेवामा फर्कने अपेक्षा गरिएको छ।

Article image

साझा गर्नुहोस्: