
बिर्तामोड,३ जेठ / राजवंशी समाज विकास समिति जिल्ला समिति झापाको अध्यक्षमा पुन: उत्तमकुमार राजवंशी चयन हुनु भएको छ।
संस्थाको नवौं जिल्ला अधिवेशनले उत्तमकुमार राजवंशीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो।
संस्थाको उपाध्यक्षहरूमा जीतलाल राजवंशी, फूलकुमारी राजवंशी, मेनुका राजवंशी र पूजा राजवंशी , सचिवमा सोहनलाल राजवंशी , सहसचिवमा भीमप्रसाद राजवंशी तथा कोषाध्यक्षमा दलसरी राजवंशी रहेका छन् ।
त्यस्तै सदस्यहरूमा महिशलाल राजवंशी, धिरेन्द्र राजवंशी, गंगाप्रसाद राजवंशी, सुजित राजवंशी,माधव राजवंशीलाई चयन गरिएको छ। चार जना महिला सदस्य हुने कार्यसमितिमा कसैको पनि उम्मेदवारी नपरेकाले पहिलो बैठकबाट मनोनयन गरिने बताएको छ । त्यस्तै,अन्य चार सदस्य पनि मनोनयन गरेर कार्यसमितिलाई पूर्णता प्रदान गरिनेछ ।
नयाँ कार्यसमितिको निर्वाचनका लागि देवेन्द्रचन्द्रसिंह राजवंशी संयोजक र साबित्री राजवंशी, सिरतलाल राजवंशी सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो।
संस्थाको अधिवेशन संस्थाका अध्यक्ष उत्तमकुमार राजवंशीको अध्यक्षता र बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाईंको प्रमुख आतिथ्यमा भएको थियो । उपाध्यक्ष रतनलाल राजवंशीले स्वागत मन्तव्य व्यक्त गरेकोे कार्यक्रममा संस्थाका अध्यक्ष उत्तमकुमार राजवंशीले सांगठनिक प्रतिवेदन र सचिव सोहनलाल राजवंशीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा बिर्तामोड नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, राजवंशी समाज विकास समितिका केन्द्रीय अध्यक्ष सुवन्तसिंह राजवंशी, बिर्तामोड नगर अध्यक्ष सिरतलाल राजवंशी, गौरीगञ्ज गाउँपालिका अध्यक्ष प्रमोद राजवंशी, बाह्दशी अध्यक्ष राजु राजवंशी , आदिवासी जनजाती उत्थान प्रतिष्ठान पूर्व सचिव कमलप्रसाद राजवंशी, ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्य प्राज्ञ पवन राजवंशी , भद्रपुर-६ का वडाध्यक्ष रतिया राजवंशीलगायतले शुभकामनासहित मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन संस्थाका सचिव सोहनलाल राजवंशीले गर्नुभएको थियो।