
भद्रपुर ८, साउन / भद्रपुर क्रिकेट क्लबको अध्यक्षमा गौरव सुब्बा मनोज निर्वाचित हुनु भएको छ। आगामी दुईवर्षे कार्यकालका लागि आज भएको निर्वाचनबाट सुब्बासहित १९ सदस्यीय कार्यसमितिनै निर्विरोध निर्वाचित भएको हो।
निर्वाचन समितिका संयोजक गोपाल गिरीका अनुसार वरिष्ठ उपाध्यक्षमा नितेश बर्मा, उपाध्यक्षमा बसन्त पोखरेल र कविन राई, महासचिवमा राजन भट्टराई, सचिवमा केदार महत तथा कोषाध्यक्षमा पवन घिमिरे निर्वाचित हुनु भएको छ।
यस्तै, सदस्यमा तोयानाथ गड्तौला, अभिषेक ढुंगाना, अजयकुमार साहेवाला, विक्की जैसवाल, अंकित सुवेदी, सुदर्शन महर्जन, अमित शर्मा, राजेश प्रसाद गुप्ता, पोषराज पौडेल, शेखर खड्का, विशाल राई र असिम घिमिरे शर्मा निर्वाचित हुनु भएको छ।
अध्यक्ष निर्वाचित सुब्बा भद्रपुर नगर पालिका वडा नं. ८ को वडा अध्यक्षसमेत हुनुहुन्छ।
क्रिकेट क्लबको अधिवेशन सहितको साधारण सभा क्लबका अध्यक्ष आदित्य पराजुलीको अध्यक्षतामा हिजै सम्पन्न भएको हो। साधारण सभामा ८ नम्बर वडाका अध्यक्ष तथा संरक्षक सुब्बा र अध्यक्ष पराजुलीले मन्तव्य राख्नुभएको थियो।