ताजा समाचार लोड हुँदैछ...

रोटरी क्लब अफ भद्रपुर र रोट्याट क्लबको पदस्थापन समारोह सम्पन्न

२०२६ जुलाई १२ पटक पढिएको

मानव सेवा, स्वास्थ्य, शिक्षा र सामाजिक सचेतना जगाउन अन्तर्राष्ट्रिय सामाजिक संस्था ‘रोटरी क्लब’ क्रियाशील रहँदै आएको छ। सोही वैश्विक संस्थाको यहाँस्थित इकाई ‘रोटरी क्लब अफ् भद्रपुर’को नयाँ कार्यसमितिले पदस्थापन गरेको छ।

Featured

भद्रपुर २७, असार / मानव सेवा, स्वास्थ्य, शिक्षा र सामाजिक सचेतना जगाउन अन्तर्राष्ट्रिय सामाजिक संस्था ‘रोटरी क्लब’ क्रियाशील रहँदै आएको छ । सोही वैश्विक संस्थाको यहाँस्थित इकाई ‘रोटरी क्लब अफ् भद्रपुर’को नयाँ कार्यसमितिले पदस्थापन गरेको छ ।
एयरपोर्ट होटल, भद्रपुरमा आयोजित भव्य समारोहका बीच निवर्तमान अध्यक्ष धनजुजु श्रेष्ठले नवनिर्वाचित अध्यक्ष मनोज पराजुलीलाई अध्यक्ष पदको जिम्मेवारी हस्तान्तरण गर्नुभएको हो।
रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट-३२९२ का पास्ट डिस्ट्रिक्ट गभर्नर जीतेन्द्रराज राजभण्डारी प्रमुख अतिथि रहेको पदस्थापन समारोहमा विशेष अतिथि भद्रपुरका नगर-प्रमुख गणेश पोखरेल र अर्का पास्ट् प्रेसिडेन्ट संजय गिरीले शुभकामना मन्तव्य राख्नुभएको थियो।
रोटरी क्लब अफ् भद्रपुरका चार्टर प्रेसिडेन्ट किशोर पराजुली लगायतले शुभकामना व्यक्त गरेको कार्यक्रममा प्रेसिडेन्ट-इलेक्ट अजय साहेवालाले स्वागत मन्तव्य र सञ्चालन क्लबका सचिव नरेश पराजुलीले गर्नुभएको थियो भने रोटरी क्लब अफ् भद्रपुरका पास्ट प्रेसिडेन्ट बिनोद चापागाईले प्रमुख अतिथि राज भण्डारीको परिचय प्रस्तुत गर्नुभएको थियो।
सोही समारोहमा रोट्रयाक्ट क्लब अफ् भद्रपुरका नवनिर्वाचित प्रेसिडेन्ट रियाज ढकाललाई पनि पदहस्तान्तरण गरिएको थियो ।
रोटरी क्लब अफ भद्रपुरले स्थानीय नगर क्षेत्रमा विभिन्न सामाजिक कार्यहरू गर्दै आएको छ । सन् २०२६-’२७ को नवनिर्वाचित क्लबको कार्यसमितिले झापा चोकस्थित नेपाल अपाङ्ग संघ, खगेन्द्र नवजीवन केन्द्रलाई एक थान एयर कन्डिशनर हस्तान्तरण गरेर कार्यकालको पहिलो दिनको शुरुवात गरेको थियो ।
सन् २०१४ को जुन २ तारिख भद्रपुरमा स्थापित यस क्लबले ‘कपडा बैंक’ स्थापना, अपाङ्गता भएका व्यक्तिहरूलाई सहायता सामग्री वितरण, रक्तदान, सार्वजनिक शौचालय निर्माण र अन्य समाजोपयोगी कार्यहरू गर्दै आइरहेको छ ।

साझा गर्नुहोस्: