ताजा समाचार लोड हुँदैछ...

ए आइ तालिम सम्पन्न

२०२६ जुलाई ७ पटक पढिएको

भद्रपुर नगरपालिका ८ न वडा कार्यालयद्वारा आयोजित ५ दिने बौद्धिक क्षमता अभिवृध्दि A I तालिम आज सम्पन्न भएको छ। वडा अध्यक्ष गौरव सुव्वा 'मनोज' को अध्यक्षता र नगर उपप्रमुख राधा कार्कीको प्रमुख अतिथ्यमा भएको तालिम समापनका अवसरमा सहभागी प्रशिक्षार्थीहरूलाई

Featured

भद्रपुर २३, असार / भद्रपुर नगरपालिका ८ न वडा कार्यालयद्वारा आयोजित ५ दिने बौद्धिक क्षमता अभिवृध्दि A I तालिम आज सम्पन्न भएको छ। वडा अध्यक्ष गौरव सुव्वा 'मनोज' को अध्यक्षता र नगर उपप्रमुख राधा कार्कीको प्रमुख अतिथ्यमा भएको तालिम समापनका अवसरमा सहभागी प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो।
मेचीनगर १३ को संस्था सहयोगी नेपालको प्राविधिक सहयोगमा ८ नम्बर वडा कार्यालयमै सञ्चालित तालिम समापनका अवसरमा प्रमुख अतिथि उपप्रमुख कार्की, वडा अध्यक्ष सुब्बा सहित सहभागी गोपाल गिरी तथा वडा सदस्य भगवती बस्नेतले शुभकामना मन्तव्य राख्नु भएको थियो।
सहयोगी संस्थाका कोषाध्यक्ष राजकुमार राजवंशीले सञ्चालन गरेको समापन कार्यक्रममा वडा सदस्य लक्ष्मी परियारले स्वागत मन्तव्य राख्नुभएको थियो।
तालिममा सहभागीहरुले च्याट जिपिटी र गुगल जेमिनाईबाट लिन सकिने लाभ, तिनको प्रयोगबाट व्यावहारिक जीवनमा पर्ने फरक असर, दैनिक जीवनको सफलता र त्यसको सहज प्रयोगबारे संक्षिप्त जानकारी दिइएको थियो।

Article image

साझा गर्नुहोस्: