ताजा समाचार लोड हुँदैछ...

गिरीबन्धु टी इस्टेट विरुद्ध गलत भाष्य सिर्जना गरेकोमा सञ्चालकको आपत्ति

२०२६ जुलाई ७ पटक पढिएको

झापा, विर्ता‌मोड‌को गिरी वन्धु टी इस्टेटलाई सरकारी वा सरकारको भनेर भाष्य सिर्जना गरेको प्रति टी इस्टेटका सञ्चालकहरुले आपत्ति जनाएका छन्। ‌ गिरी वन्धु टी।

Featured

भद्रपुर २३,असार / झापा, विर्ता‌मोड‌को गिरी वन्धु टी इस्टेटलाई सरकारी वा सरकारको भनेर भाष्य सिर्जना गरेको प्रति टी इस्टेटका सञ्चालकहरुले आपत्ति जनाएका छन् ।‌ गिरी वन्धु टी. इस्टेट प्रकरण भनेर नकारात्मक प्रचार गरिएपछि आक्रोशित बनेका सञ्चालकहरूले गिरीबन्धु चिया बगान राज्यको नभएको पनि स्पष्ट पारेका हुन्।
गिरीबन्धु टी इस्टेट राज्यको हो र राज्यले कुनै पनि बेला जफत गर्न सक्छ भन्ने भाष्य गलत भएको भन्दै सञ्चालक छत्रबहादुर गिरीले, गिरीबन्धु टी इस्टेटको जग्गा व्यक्तिको भएकाले स‌ट्टापट्टा गर्न वा बिक्री गर्न पाउने अधिकार सरकारले प्रदान गर्नुपर्ने जिकिर गर्नुभएको छ ।
आफ्‌नै निवास विर्तामोडमा पत्रकार सम्मेलन गरी झापाका अग्रणी चिया उ‌द्योगी छत्रबहादुर गिरीले चिया उ‌द्योगलाई अन्य व्यावसायिक जग्गासँग दाँजेर हेर्न नमिल्ने तर्क गर्नुभयो । उहाँका अनुसार झापाका ४८ वटा चिया बगानले कानुनी रुपमा हदबन्दी छुट पाएर उ‌द्योग सञ्चालन गरिरहेका छन्। तर, अहिले ती सम्पत्तिको स्वामित्व र प्रयोगसम्बन्धी विषयमै अन्योल सिर्जना भएको छ।
गिरीले नेपाल र भारतको नीतिगत अन्तर औल्याउदै भारतका चिया बगानमा कृषि पर्यटन, रिसोर्ट तथा अन्य पूरक व्यवसाय सञ्चालन गर्न पाइने व्यवस्था रहेको तर नेपालमा उ‌द्योग विस्तार वा संरचनागत प्ररिवर्तनको प्रयासलाई समेत शंकाको दृष्टिले हेरिने गरेकोले निजी क्षेत्रलाई निरुत्साहित बनाएको बताउनु भयो ।
पत्रकार सम्मेलनमा झापाका अन्य चिया उ‌द्योगीहरूले पनि भूमि सम्बन्धी कानुनको विद्यमान व्यवस्था र त्यसको कार्यान्वयनले उ‌द्योग सञ्चालन असहज बनेको भन्दै हदबन्दी सम्बन्धी कानुन संशोधन गर्न सरकारसँग माग गरेका छन्।

साझा गर्नुहोस्: