
भद्रपुर २१,असार / राजवंशी समाज विकास समिति (रासविस.) को सातौँ महाधिवेशनबाट कमलप्रसाद राजवंशीको नेतृत्वमा २१ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति चयन भएको छ। महाधिवेशनले सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गर्दै आगामी कार्यकालका लागि पदाधिकारी तथा सदस्यहरूको नामावली सार्वजनिक गरेको हो।
नवनिर्वाचित कार्यसमितिको अध्यक्षमा कमलप्रसाद राजवंशी चयन हुनभएको छ भने उपाध्यक्षमा डा. नुनीलाल राजवंशी र अनिल राजवंशी, महिला उपाध्यक्षमा नोैताली राजवंशी र चकचकी राजवंशी तथा महासचिवमा रामकुमार राजवंशी (एम्बुलेन्स) चयन हुनु भएको छ। त्यस्तै,सचिवहरूमा रुपेश राजवंशी, नरेशकुमार राजवंशी, सत्यनारायण राजवंशी र आत्माराम राजवंशी चयन हुनु भएको छ भने कोषाध्यक्षमा अशोककुमार राजवंशी सर्वसम्मत चयन हुनु भएको छ ।
यस्तै, सदस्यहरूमा नन्दलाल राजवंशी, प्रकाशचन्द्र राजवंशी, नारायणसिंह राजवंशी, खकेन राजवंशी, रतन राजवंशी, सुनम राजवंशी, हिरामणी राजवंशी, मेनुका राजवंशी र निर्मल राजवंशी सर्वसम्मत रूपमा चयन भएको निर्वाचन समितिले जनाएको छ।
महाधिवेशनले नयाँ नेतृत्वमार्फत राजवंशी समुदायको भाषा, संस्कृति, परम्परा, पहिचान तथा अधिकार संरक्षणसँगै शिक्षा, सामाजिक विकास र संगठन सुदृढीकरणका क्षेत्रमा प्रभावकारी रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
राजवंशी समाज विकास समितिमा विगत ४ वर्षदेखि जारी विवाद समाधान गर्दै एकता गराउन सफल स्वतन्त्र राजवंशी एकता समितिका संयोजक रंजितसिंह राजवंशी, प्रमोद राजवंशी, भुपेन्द्र राजवंशी, नन्दकिशोर राजवंशी, नरेश राजवंशी, पवन राजवंशी, अधिवक्ता एचएन.राजवंशीसहित समितिका सदस्यहरुको भुमिका सराहनीय रहेको बताइएको छ।लागि सम्पूर्ण राजवंशी समुदायको तर्फ बाट हार्दिक धन्यवाद ब्यक्त गर्दछौं!