ताजा समाचार लोड हुँदैछ...

प्रादेशिक अस्पताल भद्रपुरमा मेमोग्राफी जडा

२०२६ जुलाई ४ पटक पढिएको

प्रादेशिक अस्पताल भद्रपुरमा 'म्यामोग्राफी' सेवा जडान भएको छ। स्तन क्यान्सरको समयमै पहिचान र रोकथामका लागि कोशी प्रदेश अन्तर्गतको सरकारी अस्पताल भद्रपुरमा पहिलो पटक अत्याधुनिक म्यामोग्राफी (Mammography) मेसिन जडान भएको हो।

Featured

भद्रपुर २०, असार / प्रादेशिक अस्पताल भद्रपुरमा 'म्यामोग्राफी' सेवा जडान भएको छ। स्तन क्यान्सरको समयमै पहिचान र रोकथामका लागि कोशी प्रदेश अन्तर्गतको सरकारी अस्पताल भद्रपुरमा पहिलो पटक अत्याधुनिक म्यामोग्राफी (Mammography) मेसिन जडान भएको हो ।
स्तनमा गाँठो वा ट्युमर हातले छामेर थाहा पाउनु भन्दा २–३ वर्ष अगाडि नै यसले क्यान्सरको सुरुवाती लक्षण पत्ता लगाउँछ। सुरुवाती चरणमै रोग पत्ता लाग्दा क्यान्सरलाई पूर्ण रूपमा निको पार्न सकिन्छ। यो मेसिन जडान भएपछि अब स्क्रिनिङकै लागि अन्य अस्पताल धाउनु पर्ने बाध्यता हटेको छ।

साझा गर्नुहोस्: