ताजा समाचार लोड हुँदैछ...

ओली प्रतिष्ठानद्वारा पुरस्कारको घोषणा

२०२६ जुन ७ पटक पढिएको

झापास्थित रुद्र-गौरी श्री-अम्बिका ओली प्रतिष्ठानले यस वर्षको श्रीप्रसाद ओली स्मृति राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रज्ञान पुरस्कार' तथा रुद्रप्रसाद ओली स्मृति राष्ट्रिय कृषि पुरस्कारको घोषणा गरेको छ। शिक्षा, नवप्रवर्तन तथा कृषि क्षेत्रमार्फत राष्ट्र नि

Featured

भद्रपुर २४, जेठ / झापास्थित रुद्र-गौरी श्री-अम्बिका ओली प्रतिष्ठानले यस वर्षको श्रीप्रसाद ओली स्मृति राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रज्ञान पुरस्कार' तथा रुद्रप्रसाद ओली स्मृति राष्ट्रिय कृषि पुरस्कारको घोषणा गरेको छ।
शिक्षा, नवप्रवर्तन तथा कृषि क्षेत्रमार्फत राष्ट्र निर्माणमा दीर्घकालीन योगदान पुऱ्याएका दुई व्यक्तित्व र दुई संस्थालाई संयुक्त रुपमा सम्मान गर्ने निर्णय गरिएको रुद्र गौरी श्री अम्बिका ओली प्रतिष्ठान भद्रपुरका अध्यक्ष गंगाप्रसाद ओलीले जानकारी दिनुभयो ।
प्रतिष्ठानले सार्वजनिक गरेको विवरणअनुसार, यस वर्षको पाँच लाख रुपैयाँ राशिको श्रीप्रसाद ओली स्मृति राष्ट्रिय- अन्तर्राष्ट्रिय प्रज्ञान पुरस्कार' शिक्षाविद् प्राध्यापक डा. सुरेशराज शर्मा तथा राष्ट्रिय आविष्कार केन्द्रलाई संयुक्त रुपमा प्रदान गरिनेछ।
त्यस्तै, एक लाख एक हजार एक सय ११ रुपैयाँ राशिको रुद्रप्रसाद ओली स्मृति राष्ट्रिय कृषि पुरस्कार वरिष्ठ बागवानी विज्ञ चुतराज गुरुङ र एग्रो मनाङ प्रालिलाई संयुक्तरुपमा प्रदान गरिने भएको छ।
पुरस्कार तथा सम्मान कार्यक्रम जेठ ३० गते काठमाडौंस्थित पर्यटन बोर्डको सभाहलमा आयोजना गरिने प्रतिष्ठानले जनाएको छ।

साझा गर्नुहोस्: