
भद्रपुर २५, वैशाख / झापाको Believers Eastern Church Cathedral बिर्तामोडले, बिर्तामोडमा बिलिभर्स इस्ट्रन चर्चका पहिलो मेट्रोपोलिटन - Moran Mor Athanasius Yohan I Metropolitan को दोश्रो स्मृति दिवसको पवित्र सम्झनामा विशेष स्मृति कार्यक्रम सम्पन्न गरेको छ।
बिर्तामोड डायोसिसको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व, चर्च फादरहरू तथा विश्वासीजनहरू साथै बिलिभर्स इङ्लिश स्कुलका बिद्यार्थीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा झापा क्षेत्र नं. २ का सांसद इन्दिरा राना मगर हुनुहुन्थ्यो भने कार्यक्रमको सञ्चालन पुजन लिम्बूले गर्नुभएको थियो । चित्र रूपाचालले अध्यक्षता गर्नुभएको कार्यक्रममा स्वागत मन्तब्य बिलिभर्स चर्च भद्रपुरका जगत वाग्लेले गर्नु भएको थियो भने कार्यकर्ममा पूर्व प्रदेश नं.एकका समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका सदस्य तथा पूर्व डीएसपी धनप्रसादक्षशिवाकोटी,प्रादेशिक अस्पताल सञ्चालन व्यवस्थापन समिती प्रदेश नं. १ सदस्य तथा नेपाल–भारत मैत्री संघ झापाका उपाध्यक्ष शिवकुमार राजभण्डारी, पूर्व प्रहरी संगठन भद्रपुर नगर अध्यक्ष अम्विका पोखरेल,प्रेस चौतारी झापाका अध्यक्ष प्रदीप परियार, समाजसेवी शिवराज उप्रेती लगायतले मन्तव्य राख्दै मेट्रोपोलिटनको जीवन, विश्वास, त्याग र सेवकाइको खुलेर प्रशंसा गर्नुभएको थियो।वक्ताहरूले उहाँले नेपाली ख्रीष्टियन समुदायमा पुर्याएको आत्मिक नेतृत्व, प्रेम, सेवा र समर्पण सधैं प्रेरणाको स्रोत रहने बताएका थिए।