ताजा समाचार लोड हुँदैछ...

एलपी ग्यासको अभाव: आयल निगम भन्छ- अभाव छैन।

२०२६ अगस्ट ४ पटक पढिएको

झापामा एलपिजी ग्यासको अभाव देखिएको छ। लगभग दुई हप्तादेखि सरकारले फुल सिलिन्डर ग्यास उपलब्ध गराउन दिएको निर्देशन लगत्तैदेखि ग्यासको अभाव देखिन थालेको हो।

Featured

भद्रपुर १९, साउन / झापामा एलपी. ग्यासको अभाव देखिएको छ। लगभग दुई हप्तादेखि सरकारले फुल सिलिन्डर ग्यास उपलब्ध गराउन दिएको निर्देशन लगत्तैदेखि ग्यासको अभाव देखिन थालेको हो। सर्वसाधारण नागरिकले यसलाई कृत्रिम अभाव भन्न थालेका छन्।
झापाको भद्रपुर र पृथ्वीनगर क्षेत्रमा LP (खाना पकाउने) ग्यासको कृत्रिम अभावले सर्वसाधारण जनता निकै मर्कामा परेकाे पीडा सामाजिक सञ्जालमा पनि छताछुल्ल भएको छ। चन्द्रगढीका एक युवाले विगत दुई दिनदेखि खाली सिलिन्डर बोकेर त्रिशक्ति ग्यास उत्पादन उद्योग पराजुली ब्रदर्स र स्थानीय डिलरहरूमा भौतारिएको भिडियो अपलोड गरेपछि ग्यासको समस्या जटील बनेको देखिन्छ।
सामाजिक सञ्जालमा ती युवाले उत्पादक कहाँ पुगेर ग्यास मागेको, त्यहाँबाट दिन नमिल्ने भन्दै कहाँ जान्छ भन्नेसम्मको पत्ता लगाउन केही समय कुर्नुपर्ने भनेको , डिलर कहाँ जाँदा भरिएको ग्यास सिलिन्डर देखिए पनि पहिले बुक भइसकेकोले दिन नसक्ने बताएको दृश्य सार्वजनिक गरेका छन् । युवाले - नगर प्रमुखसँग पनि अनुरोध गरेको बताएका छन्।
कृत्रिम अभाव भएको हुनसक्ने सम्भावनालाई संकेत गर्दै सामाजिक सञ्जालमै युवाहरूले स्थानीय सरकारसँग केही गम्भीर मागहरू सम्बोधन गर्न आग्रह गरेका छन्:
उनीहरूको माग छ -१) कुन पसलमा, कुन समयमा, कुन कम्पनीको ग्यास कति मात्रामा झर्दैछ, त्यसको आधिकारिक सूचना जारी गरियोस्।
२)ग्यास कसरी वितरण भइरहेको छ, यसको छानबिन होस् र कसैले ग्यास थुपारेको वा लुकाएको पाइएमा कडा कारबाही होस्।
३)सर्वसाधारण जनताले ग्यास पाउन भौंतारिरहँदा पहुँचवाला र होटलहरूलाई मात्र सहजै ग्यास कसरी उपलब्ध भइरहेको छ, यसको पनि जवाफ चाहिन्छ।
४)ग्यास नपाएका उपभोक्ताहरूको गुनासो संकलन गर्न र उनीहरूलाई सहजीकरण गर्न एउटा सम्पर्क नम्बरको व्यवस्था गरियोस्।
अन्तमा त्यहाँ आग्रह गरिएको छ-यदि तपाईंलाई यो पोष्ट मन परेमा, स्थानीय सरकारसम्म पुर्‍याउनका लागि यसलाई धेरैभन्दा धेरै शेयर गरिदिनुहोला।
#lpgGas_#Crisis #Bhadrapur #Chandragadhi #NepalOilCorporation #ConsumerRights
#BhadrapurMunicipality
#BhadrapurMayor
#LpgShortageNepal

Article image

साझा गर्नुहोस्: