ताजा समाचार लोड हुँदैछ...

भद्रपुरमा विश्व रेडक्रस दिवस: अग्रज रेडक्रसकर्मी काफ्ले सम्मानित

२०२६ मे ८ पटक पढिएको

भद्रपुरमा विश्व रेडक्रस दिवस: अग्रज रेडक्रसकर्मी काफ्ले सम्मानित भद्रपुर २५ बैशाख / विश्व रेडक्रस दिवसको अवसरमा झापाको भद्रपुरमा एक विशेष कार्यक्रम बीच अग्रज रेडक्रसकर्मीलाई सम्मान गरिएको छ। नेपाल रेडक्रस सोसाइटी भद्रपुर नगर शाखाले रेडक्रस अभियानमा ल

Featured

भद्रपुर २५ बैशाख / विश्व रेडक्रस दिवसको अवसरमा झापाको भद्रपुरमा एक विशेष कार्यक्रम बीच अग्रज रेडक्रसकर्मीलाई सम्मान गरिएको छ। नेपाल रेडक्रस सोसाइटी भद्रपुर नगर शाखाले रेडक्रस अभियानमा लामो समयदेखि योगदान पुर्‍याउँदै आउनुभएका तुलसी काफ्लेलाई सम्मान गरेको हो।
भद्रपुर नगर शाखाका सभापति केदार महतको अध्यक्षता तथा भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा रेडक्रसका आजीवन सदस्यहरूलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो।
सो अवसरमा नेपाल रेडक्रस सोसाइटी कोसी प्रदेश सदस्य कृष्णकुमार मैनालीले रेडक्रसको सिद्धान्त र अभियानबारे अभिमुखीकरण गर्नुभएको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं नगर प्रमुख गणेश पोखरेलले मानवीय सेवामा रेडक्रसको भूमिका अतुलनीय रहेको चर्चा गर्नुभयो। त्यस्तै, सम्मानित व्यक्तित्व तुलसी काफ्ले, झापा उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष राजकुमार राई र भद्रपुर वडा नम्बर ८ का अध्यक्ष गौरव सुब्बा मनोजले रेडक्रसले समाजमा पुर्‍याएको योगदानको प्रशंसा गर्नुभएको थियो।
शाखाका सचिव भीमप्रसाद गुरागाईंले स्वागत मन्तव्य राख्नुभएको सो कार्यक्रमको सञ्चालन भद्रपुर उपशाखाका कार्यवाहक सभापति रमेश भण्डारीले गर्नुभएको थियो।

Article image
Article image

साझा गर्नुहोस्: